राष्ट्रियसभा चुनावः आफ्ना उम्मेदवार जिताउन पाँच दलीय गठबन्धनको आह्वान

राष्ट्रियसभाको १९ सीटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसका ६, माओवादीका पाँच, नेकपा एसका पाँच, जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार चुनावी मैदानमा छन्।

नेपालभ्युज

राष्ट्रियसभा चुनावः आफ्ना उम्मेदवार जिताउन पाँच दलीय गठबन्धनको आह्वान
फाइल तस्वीर

काठमाडौं। सत्तागठबन्धनमा रहेका पाँच दलले आफ्नो तर्फबाट राष्टियसभा चुनावमा उम्मेदवार रहेकाहरुलाई विजयी गराउन आह्वान गरेका छन्।

गठबन्धनको तर्फबाट सातै प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि चुनावमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुलाई जिताउन गठबन्धनले आग्रह गरेको हो।

राष्ट्रियसभाको १९ सीटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसका ६, माओवादीका पाँच, नेकपा एसका पाँच, जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार चुनावी मैदानमा छन्।

सत्ता गठबन्धन समन्वय समितिका संयोजक रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा गठबन्धनको संयन्त्र बनाउन प्रस्ताव गरेका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पौडेलको प्रस्तावमा गठबन्धन उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दै राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved