बर्दिबास महोत्सव १३ माघदेखि

नेपालभ्युज

बर्दिबास महोत्सव १३ माघदेखि

जनकपुरधाम। प्रदेश २ को महोत्तरीमा बर्दिबास महोत्सवको आयोजना हुने भएको छ। नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको हो।

चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधीर अग्रवालले विशेष गरी युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यसहित १३ माघदेखि २३ माघसम्म महोत्सव आयोजना हुने जनाए।

महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवमा निम्त्याउने तयारी रहेको अग्रवालले बताए।

थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारी महोत्सवमार्फत दिइने अध्यक्ष अग्रवालले बताए।

उनले भने, ‘महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना छन् । थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरु पलायन भैइरहेका छन् । यस्तो पलायनलाई रोक्न महोत्सवले सहयोग पुर्याउँछ ।’

बर्दिबासमा टिसर्ट–ट्रयाक सुट, जुत्ता–चप्पल, ढोका–झ्याल, आइसक्रिम र मैनबत्ती–अगरबत्ती बनाइने सहितका कारखाना सञ्चालित छन्। महोत्सवका सहभागीलाई यी कारखाना समेत अवलोकन गराइने आयोजकले जनाएको छ।

महोत्सवमा बाल उद्यान, मनोरञ्जनात्मक कार्यक्रम र ख्यातिप्राप्त कलाकारहरू बोलाएर अवलोकनकर्ताहरूले फरक संवाद समेत लिन सक्ने आयोजक पक्षले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved