कजाकस्तानका राष्ट्रपतिले गरे मन्त्रिपरिषद् विघटन, संकटकालको घोषणा

संकटकाल लागू गरिएका दुवै शहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको शहर मानिन्छ। हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

नेपालभ्युज

कजाकस्तानका राष्ट्रपतिले गरे मन्त्रिपरिषद् विघटन, संकटकालको घोषणा

एजेन्सी। कजाकस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रिपरिषद् विघटन गरेका छन्। मध्य एशियाली मुलुक कजाकस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधबार मन्त्रिपरिषद् नै विघटन गरेका हुन्।

विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए। राष्ट्रपति कास्यमले देशको सबैभन्दा ठूलो शहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङ्गिस्टाउमा संकटकाल लागू गरिएको घोषणा पनि गरे।

संकटकाल लागू गरिएका दुवै शहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको शहर मानिन्छ। हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गरेका पनि राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने भएका छन्।

आन्दोलन दबाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रुग्याँस प्रहार गरेको थियो। सरकारले घोषणा गरेको संकटकाल यही ५ देखि १९ जनवरीसम्म कायम रहने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved