कमल थापाले पृथ्वी जयन्तीदेखि देशव्यापी अभियान थाल्ने, राप्रपा फेरि फुटको संघारमा

नेपालभ्युज

कमल थापाले पृथ्वी जयन्तीदेखि देशव्यापी अभियान थाल्ने, राप्रपा फेरि फुटको संघारमा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीदेखि देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँगको पराजयको कारण पूर्व राजा ज्ञानेन्द्र भएको आरोप लगाएपछि चर्चामा आएका थापाले राप्रपाको ‘समानान्तर अभियान’ थालेका हुन्।

थापानिकट राप्रपा नेता राजाराम बर्तौलाका अनुसार, पुस २७ गते उक्त अभियान शुरु हुने छ। अभियानमा राप्रपाका नेता-कार्यकर्तासहित जनसाधारणको पनि सहभागिता रहने छ।

“के राप्रपा फुटाउने पूर्वतयारी हो त ?’ भन्ने जिज्ञासामा बर्तौलाले भने, “अहिले पार्टी फुटाउने भन्ने केही छैन, यो संवद्र्धनवादबारे राप्रपाका कार्यकर्ता र जनतालाई सचेत गराउने अभियान हो। यसले राप्रपालाई वैचारिक हिसाबले सुदृढ बनाउने छ।’

अभियानको नाम के राख्ने भन्नेबारे छलफल भइरहेको र अहिलेसम्म टुंगो नलागेको बताउँदै उनले भने, “अहिले राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने भन्ने छ। विशेषगरी सम्वर्द्धनबारे सचेतना फैलाउन यस्तो अभियान गर्न लागेका हौँ।”

उक्त अभियानको नाम र उद्देश्य जे राखिए पनि राप्रपाको गत महिनासम्पन्न महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा आफूलाई अध्यक्षमा हराएको भन्ने कमल थापाको आरोपबारे कार्यकर्तालाई जानकारी गराउने रहेको छ।

“त्यसबारे पनि कार्यकर्ता र जनताबाट जिज्ञाशा राखियो भने स्वाभाविक रूपमा यथार्थ बताउनुपर्ने हुन्छ। त्यसैका लागि अभियान चलाइएको भन्ने होइन”, बर्तौलाले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved