राष्ट्रियसभा निर्वाचनका लागि एमाले सुदूरपश्चिमबाट थापा, विक र भट्टको मनोनयन दर्ता

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनका लागि एमाले सुदूरपश्चिमबाट थापा, विक र भट्टको मनोनयन दर्ता

धनगढी। राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालो सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यहरू गरी सुदूरपश्चिममा कूल २ सय २७ मतदाता मतदाता रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved