गोली लागेका कार्यकर्ता भेट्न गएका सीके राउतको आरोप- नरसंहार गर्न खोजिएको छ

प्रहरीले ‘क्रुर दमन’ नरोके अब नयाँ तरिकाबाट सशक्त रूपमा प्रस्तुत हुने राउतले चेतावनीसमेत दिए। उनले काठमाडौंमा सिंहदरबार अगाडिकै सडक अवरुद्ध गर्दा पानीको फोहोराले स्वागत गर्ने गरेको र यहाँ शान्तिपूर्ण आन्दोलन गर्दा पनि गोली चलाएर नरसंहार गर्न खोजेको भन्दै दुःख व्यक्त गरे।

नेपालभ्युज

गोली लागेका कार्यकर्ता भेट्न गएका सीके राउतको आरोप- नरसंहार गर्न खोजिएको छ

जनकपुरधाम। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाउँदा गोली चलाउँदा त्यस पार्टीका पाँच जना कार्यकर्ता घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड गोली चलाएको हो।

घाइते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह छन्। जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनीहरूको उपचार भइरहको छ। दुई जनाको गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको बुझिएको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो। गोली चलेपछि आन्दोलनकारीहरू तितरबितर भएका थिए। आन्दोलनकारीको ढुंगामुढाबाट २ जना प्रहरी र २ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्।

यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउत आफ्ना कार्यकर्ताको अवस्था बुझ्न अस्पताल गएका छन्।

आफ्ना कार्यकर्तामाथि गोली चलाएको घटनापछि राउतले प्रहरीमाथि आक्रोश पोखेका छन्। ‘नश्लीय प्रहरी’ले बन्दुकको दम्भ देखाएको आरोप राउतले लगाएका छन्। घाइते कार्यकर्तालाई भेट्न जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेका उनले भने, “नश्लीय प्रहरीले आफ्नो बन्दुकको दम्भ देखाएको एउटा उदाहरण हो पोर्ताहा घटना। नरसंहार गर्न खोजिएको छ। यसको जवाफ प्रहरीले दिनुपर्छ।”

प्रहरीले ‘क्रुर दमन’ नरोके अब नयाँ तरिकाबाट सशक्त रूपमा प्रस्तुत हुने राउतले चेतावनीसमेत दिए। उनले काठमाडौंमा सिंहदरबार अगाडिकै सडक अवरुद्ध गर्दा पानीको फोहोराले स्वागत गर्ने गरेको र यहाँ शान्तिपूर्ण आन्दोलन गर्दा पनि गोली चलाएर नरसंहार गर्न खोजेको भन्दै दुःख व्यक्त गरे।

सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए। त्यसयता, गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। यही विषयलाई सीके राउतको पार्टीले मुद्दा बनाएर सिरहामा लगातार प्रदर्शन जारी राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved