बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालभ्युज

बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

जनकपुरधाम। महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा सर्लाही ईश्वरपुर नगरपालिका –४ भक्तिपुर बस्ने ४८ वर्षीय भुवनप्रसाद उपाध्यायको मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत माइस्थान चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ३ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो।

बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा उपचारको लागि ल्याउँदा चिकित्सकले उपाध्यायलाई मृत घोषणा गरेका थिए । अहिले उनको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved