प्रदर्शनी मार्गमा जुत्ता चप्पलको मेला, २ सय रुपैयाँदेखि माथिका जुत्ता

नेपालभ्युज

प्रदर्शनी मार्गमा जुत्ता चप्पलको मेला, २ सय रुपैयाँदेखि माथिका जुत्ता

काठमाडौं। प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा नेपालमै बनेका जुत्ता चप्पलको वृहत् मेला भइरहेको छ। पुस ६ गते शुुरू प्रदर्शनीमा भेराइटी सुज, ब्लुचिप सुज, प्राइड स्वदेशी जुत्ता, बोस सुज, फुटस्टेप सुज, बेम्बो, एस लेदर जस्ता ब्रान्डका जुत्ताचप्पलहरू बिक्रीमा राखिएका छन्।

मेलामा दुई हजारभन्दा बढी आधुनिक मोडलका जुत्ता चप्पल राखिएको आयोजकको भनाइ छ। बिहान दस बजेदेखि बेलुकी छ बजेसम्म हुने यस मेलामा दिनभरि ग्राहकको चहलपहल हुन्छ।

एउटै छतमुनि बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मलाई हुने जुत्ता पाउँदा कसैले खाली हात जानुनपर्ने आयोजक तथा पिजी सुज प्यारागन फुटवेयरका सञ्चालक राम हरि तोलाङ बताउँछन्।

ग्राहकलाई छ महिनाको वारेन्टीका साथै भारी छुट पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। स्वदेशी जुत्ताको बजार प्रवर्द्धनका लागि यो मेला आयोजना गरेको आयोजकको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved