कैलालीका स्थानीय तहमा नेकपा एसको संगठन निर्माण

नेपालभ्युज

कैलालीका स्थानीय तहमा नेकपा एसको संगठन निर्माण

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कैलालीका १३ स्थानीय तहमध्ये ११ वटामा संगठन बिस्तार गरेको छ। संगठन बिस्तार अभियानअन्तर्गत जिल्लाका कूल १३ स्थानीय तहमध्ये ११ स्थानीय तहमा संगठन बिस्तार गरेको हो।

नेकपा एसका जिल्ला उपाध्यक्ष विमल जोशीले हालसम्म जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका, जोशीपुर र जानकी गाउँपालिका गरी ११ स्थानीय तहमा पालिकास्तरीय कमिटी गठन गरिएको जानकारी दिए।

धनगढी उपमहानगरपालिकामा मदन रेग्मीको अध्यक्षतामा १०१ सदस्यीय, टीकापुरमा रंग अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय, लम्कीचुहामा टिकाराम बजगाईको अध्यक्षतामा ७५ सदस्यीय, घोडाघोडी नगरपालिकामा खेमराज जोशीको अध्यक्षतामा ९५ सदस्यीय, गौरीगंगा नगरपालिकामा विष्णु आचार्यको अध्यक्षतामा ८५ सदस्यीय, गोदावरीमा टेकबहादुर विकको अध्यक्षतामा ७५ सदस्यीय, भजनीमा प्रदीप मल्लको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको छ।

त्यस्तै चुरेमा मनीराम आचार्यको अध्यक्षतामा ४१ सदस्यीय, बर्दगोरियामा नविन जोशीको अध्यक्षतामा ७५ सदस्यीय र जानकी गाउँपालिमामा रामप्रसद चौधरीको अध्यक्षतामा ५१ सदस्यीय पालिकास्तरी कमिटी गठन सम्पन्न गरिएको सचिव जोशीले जानकारी दिए।
बाँकी मोहन्याल र कैलारी गाउँपालिकामा केही दिनभित्र कमिटी चयन गरिने नेकपा एस कैलालीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved