ए डिभिजन लिग : लिगको सातौँ चरणका खेल आजबाट

शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदै छन्।

नेपालभ्युज

ए डिभिजन लिग : लिगको सातौँ चरणका खेल आजबाट

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदै छन्। पहिलो खेलमा एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन्।

आर्मी र एपीएफबीचको खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

आजको खेलमा जित निकालेको खण्डमा एपीएफले पाँचौँ र छैटौँ स्थानमा रहेका सातदोबाटो यूथ क्लब र हिमालयन शेर्पा क्लबसँग अंक बराबरी गर्नेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम भिड्दैछन्। जारी लिगको तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लब जितविहीन रहेको एकमात्र टोली हो।

६ खेलबाट तीन बराबरी खेल्दै एपीएफले ३ अंक जोडेको छ। आजको खेलमा जित निकालेको खण्डमा फ्रेन्ड्स क्लब रेलिगेशन क्षेत्रबाट बाहिरिने छ र १० औँ स्थानको नेपाल पुलिस क्लबसँग अंक बराबरी गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved