गिरिराजमणिमाथि कारबाहीको माग, बन्दसत्र रोकेर बस्यो माओवादीको स्थायी समिति बैठक

प्रदेश दुईस्थित धनुषामा शहीद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने विषयमा भगत समूह र पोखरेल समूहबीच विवाद छ।

नेपालभ्युज

गिरिराजमणिमाथि कारबाहीको माग, बन्दसत्र रोकेर बस्यो माओवादीको स्थायी समिति बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ महाधिवेशनको बन्दसत्रमा विवाद भएको छ। प्रदेश नम्बर दुईका नेताबीच मतभेद देखिएपछि बन्दसत्रमा विवाद उत्पन्न भएको हो।

बन्दसत्रमा पूर्वमन्त्री तथा नेता गिरिराजमणि पोखरेललाई कारबाही गर्नुपर्ने माग उठेपछि बन्दसत्रमा विवाद भएको हो। प्रदेश दुईका टोली नेतासमेत रहेका सत्यनारायण भगतले पोखरेलमाथि कारबाही हुनुपर्ने माग राखेपछि बन्दसत्रमा विवाद शुरु भएको हो।

बन्दसत्रमा विवाद उत्पन्न भएपछि मोओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ। बैठकले पोखरेल र भगत समूहबीचको विवादको टुंगो लगाउने भनिए पनि बैठकमा के निर्णय भयो भन्ने बारे बाहिर आएको छैन।

प्रदेश दुईस्थित धनुषामा शहीद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने विषयमा भगत समूह र पोखरेल समूहबीच विवाद छ।

सोही शालिककै विषयलाई लिएर भगतले पोखरेलमाथि कारबाहीको माग गरेका हुन्। उनले पोखरेल समूहले रामवृक्षको शालिक हटाएर लामाको शालिक राख्न खोजेको आरोप पनि लगाए।

बन्दसत्रमा प्रदेश २ को समूहगत छलफलको निष्कर्ष सुनाउने समयमा पोखरेल अनुपस्थित रहेका थिए। टोली नेता भगतले छलफलको निष्कर्ष सुनाउँदै पोखरेलमाथि कारबाहीको माग गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved