राष्ट्रिय सभा निर्वाचनका लागि सुरक्षा तयारीबारे छलफल

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीबारे गृहमन्त्रालयमा छलफल भएको छ। आइतबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति बैठक बसेको हो।

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव टेकनारायण पाण्डेले भने ।

आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ।

गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला, लगायतको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved