नेकपा (माओवादी केन्द्र) को महाधिवेशन चहलपहल (तस्वीरमा हेर्नुहोस्)

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन चहलपहल (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय सम्मेलन आज (पुस ११) गते शुरु हुँदै छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा जिल्लाबाट नेता तथा कार्यकर्ताहरू आउने क्रम जारी छ।

नेकपा (माओवादी केन्द्रले यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि महाधिवेशनमा रूपान्तरण गरेको हो।

१३ पुससम्म चल्ने महाधिवेशनका लागि देशभरबाट १ हजार ५ सय ३३ प्रतिनिधि चयन भएर आएका छन्। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यही महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्दैछ।

माओवादीले पछिल्लो पटक २०६९ सालमा हेटौँडामा सातौँ महाधिवेशन गरेको थियो। राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसैलाई आठौँ महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो।

 


Comment

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved