युवा संघ र दुर्गा प्रसाईंलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने प्रशासनको तयारी

युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै निवेदन दिइसकेको छ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भने प्रशासन पुगेको छैन ।

नेपालभ्युज

युवा संघ र दुर्गा प्रसाईंलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने प्रशासनको तयारी

काठमाडौं । युवा संघ र दुर्गा प्रसाईँले ७ मंसिरका लागि तोकेको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ ।

एकै ठाउँमा दुई ‘दुस्मन’को कार्यक्रम हुने भएपछि सुरक्षा निकायका लागि यो टाउको दुखाइ बनेको छ ।

सुरक्षा व्यवस्थालाई लिएर गृह प्रशासन निरन्तर छलफलपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यक्रम एकै ठाउँमा गर्न नदिने निर्णय गरेको हो ।

दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका छन् । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

दुर्गा प्रसाईं र युवासंघको ‘फोहोरी ब्याटल’, एकैदिन एकैठाउँमा गरिने कार्यक्रममा के होला ?

वैकल्पिक स्थानमा कार्यक्रम गर्न भन्ने उनले बताए ।

स्रोतका अनुसार, जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । त्यसक्रममा कार्यक्रमका लागि वैकल्पिक स्थान रोज्न निर्देशन दिने प्रशासनको तयारी छ ।
वैकल्पिक स्थानका रूपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुरलगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै निवेदन दिइसकेको छ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भने प्रशासन पुगेको छैन ।

प्रसाईँले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् । युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved