माओवादी महाधिवेशनको उद्घाटनमा अन्य दललाई निम्तो

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा अन्य दललाई निम्तो दिइएको छ।

नेपालभ्युज

माओवादी महाधिवेशनको उद्घाटनमा अन्य दललाई निम्तो

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा अन्य दललाई निम्तो दिइएको छ।

शुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भए पनि महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।

महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको महराले बताए।

महाधिवेशनमा रूपान्तरणसँगै थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादीले जनाएको छ। आइतबार १ बजे उद्घाटन हुने भनिएको सम्मेलन २ घन्टा पछि सरेको हो।

स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved