सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि

नेपालभ्युज

सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ७०४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

विगत २४ घण्टामा कोरोनाले सुदूरपश्चिममा कसैको मृत्यु भने भएको छैन। पीसीआर विधिमार्फत सात र एन्टिजेन विधिमार्फत पाँच जनामा कोरोना देखिएको हो।

पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पताल तीन जनामा कोरोना पुष्टि भएको छ। एन्टिजेनमार्फत कञ्चनपुरका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो।

यसअघि बिहीबार यस प्रदेशमा सात जनामा सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म कुल ६१४ जनाको ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved