सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : पञ्चवर्षीय योजनाको अवधारण पास र वडा विभाजन

नेपालभ्युज

सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : पञ्चवर्षीय योजनाको अवधारण पास र वडा विभाजन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८/०८९/ २०८२/०८३) को संक्षिप्त अवधारणा पास गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणा पत्र स्वीकृत गरेको हो।

आजको‍ बैठकले अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न संघीय सरकारलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

मन्त्री जोशीका अनुसार रामारोशन गाउँपालिकामा अहिले सात वडा छन्। सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने नौवटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने छ। यस्तै उधोग तथा फर्महरू नवीकरण गर्ने समयावधि पुस मसान्तसम्म र ५ प्रतिशत विलम्ब शुल्कमा अन्य जरिवानाहरू मिनाह गर्ने आर्थिक मामिला मन्त्रालयको प्रस्तावसमेत आजको बैठकले स्वीकृत गरेको छ।

यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश राजपत्र छपाइमा काम गर्ने ती जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको मन्त्री जोशीले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved