इङ्लिस प्रिमियर लिग : शीर्ष स्थानको म्यानचेस्टर सिटीको जित

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ।

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग : शीर्ष स्थानको म्यानचेस्टर सिटीको जित

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ४–० ले पराजित गरेको हो।

म्यानचेस्टर सिटीका लागि रुबेन डियाज, क्यान्सेलो, रियाद महरेज र रहीम स्ट्रर्लिङले गोल गरेका हुन्। म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार आठौँ जित दर्ता गरेको हो ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १८ खेलबाट ४४ अंक भएको छ। यस्तै अर्काे खेलमा लिभरपुल भने बराबरीमा रोकिएको छ। दोस्रो स्थानको लिभरपुल र टोटनह्यामले २–२ को बराबरी खेलेका हुन्। यस्तै चेल्सी र वुल्भ्सले गोलरहित बराबरी गोल गरेका छन्। लिभरपुलको ४१ तथा चेल्सीको ३८ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved