कैलालीमा घाँटी रेटेर युवकको हत्या

कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ।

नेपालभ्युज

धनगढी। कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ। जिल्लाको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्व अधिकारीले सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा दासको शव फेला परेको जानकारी दिए।

शनिबार बिहान घरबाट निस्किएका उनी दिउँसो करिब पौने ४ बजेको समयमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुकुरसहित परिचालन गरिएको प्रहरी प्रमुख अधिकारीले बताए।

अहिले घटनास्थल सिल गरेर अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved