रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ। पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए।

अध्यक्षमा पराजित भएपनि केन्द्रीय सदस्य बस्‍‍न मिल्ने पार्टीको वैधानिक व्यवस्था छ। तर, रावलले केन्द्रीय सदस्यमा रुची नदेखाएपछि उनलाई सल्लाहकारको जिम्मेवारी दिइएक एमालेका महासचिव शङ्कर पोखरेलले बताए। उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलबीच  परामर्श हुने बताए।  पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको थियो।

अछामबाट प्रतिनिधिसभामा निर्वाचित रावलले आफू पार्टीमै रहेर कमजोरी सुधारको प्रयास गर्ने बताउँदै  आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved