महामन्त्री विश्वप्रकाश शर्माले भेटे जनआन्दोलनका घाइते

नेपालभ्युज

महामन्त्री विश्वप्रकाश शर्माले भेटे जनआन्दोलनका घाइते
फाइल तस्वीर

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिक परिवर्तनमा भूमिका खेलेका राज्यबाट ओझेलमा परेका घाइतेहरूलाई भेटेर सम्मान व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएको दोस्रो दिन शुक्रबार लोकन्थली पुगेर महामन्त्री शर्माले पार्टी तथा राजनीतिक परिवर्तनमा भूमिका खेलेका दुई घाइतेहरूलाई भेटेर सम्मान व्यक्त गरेका हुन् ।

शर्माले काभ्रे जिल्ला कात्तिके देउराली घर भएका दिपेन्द्र गिरीको घरमा पुगी खादा तथा मालाले सम्मान गर्दै आगामी दिनमा देशमा यस्तो द्वन्द्वको अवस्था आउन नदिने गरी राजनीतिमा सुधार गर्न समर्पित हुने बताए ।

उनले भने, ‘‘नेपालको द्वन्द्वको कहिल्यै बिर्सन नसकिने अमिलो अध्यायको प्रतिनिधि पात्रको रूपमा दिपेन्द्रजी हुनुहुन्छ । कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापतिदेखि महामन्त्री, उपसभापति, सदस्यहरूदेखि देशभरिका वडावडा तहसम्मका निर्वाचित साथीहरूले कहिले पनि के बिर्सन मिल्दैन भने दिपेन्द्रजीजस्तै द्वन्दमा अनेक ढंगले प्रताडना बेहोर्नु भएकाहरूलाई बिर्सन मिल्दैन । आज उहाँहरूको विजय भएको छ । शान्तिपूर्ण आन्दोलनबाट देशमा गणतन्त्र आएको छ । र, उहाँलाई छोएर मैले पार्टीको महामन्त्रीको रूपमा जिम्मेवारी सुरु गर्दैगर्दा, मैले सपथ लिँदै गर्दा यो अवस्था देशमा कहिल्यै नआउनेगरी राजनीतिमा सुधार गरेर यो व्यवस्था ठिक छ, अवस्था बदल्ने कुरामा हामी समर्पित छौं भन्‍न चाहन्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved