आलिया भट्टविरुद्ध एफआईआर दर्ता गर्न आदेश

नेपालभ्युज

आलिया भट्टविरुद्ध एफआईआर दर्ता गर्न आदेश

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध बृहन्मुम्बई महानगरपालिकाले महामारी ऐनअनुसार एफआईआर अर्थात् प्रारम्भिक रिपोर्ट दर्ता गर्न आदेश दिएको छ। होम क्वारेन्टाइनको नियम तोडेर दिल्ली भएको भन्दै महानगरले छानविन अघि बढाउन आदेश दिएको हो।

महानगरको नियमअनुसार हाई रिस्क सम्पर्क सुचीमा राखिएका मानिसहरुले १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्छ, तर ब्रह्मास्त्र चलचित्रको मोशन पोस्टर लन्च गर्नका लागि आलिया आफ्ना प्रेमी रणवीर कपूरसँगै दिल्ली गएकी थिइन्।

जानकारी अनुसार दिल्लीमा यी अभिनेत्रीले धेरै मानिसहरुलाई भेटेकी थिइन्। त्यहीकारण आफ्नो नियम उल्लंघन भएको भन्दै महानगरले अब अभिनेत्रीवरुद्ध प्रहरीमा केस दर्ता गर्न लागेको हो। ‘मैले डीएमसी स्वास्थ विभागलाई होम आइशोलेशनको नियमको उल्लंघन गरेकाले आलियाविरुद्ध प्राथमिकी दर्ता गर्न निर्देशित गरेको छु।

उनी एक रोल मोडल हुन्। त्यहीकारण उनले जिम्मेवार व्यवहार गर्नुपर्छ। नियम सबैका लागि समान हो,’ महानगरका स्वास्थ समितिका अध्यक्ष राजु पटेलले भने।

भारतमा पछिल्लो समय कोरोना भाइरसका बिरामीहरुको संख्या फेरि बढेको छ। करीना कपूर, अमृता अरोन्डा, सञ्जय कपूर, महीप कपूर, सनाया कपूर, सोहेल खान, बीवी सीमा खान र उनका छोरा योहानलगायत सेलिब्रेटीहरु संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved