सीजी ब्रुअरीले ल्यायो नेपालमा पहिलो पटक जाडोका लागि उत्कृष्ट टिमुर बियर

नेपालभ्युज

सीजी ब्रुअरीले ल्यायो नेपालमा पहिलो पटक जाडोका लागि उत्कृष्ट टिमुर बियर

काठमाडौँ। चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ। नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्रान्ड अन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो।

यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको सम्मिश्रणबाट तयार पारिएको छ।

सीजी ब्रुअरीले बेला बेलामा आफ्ना बियरका पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ। यस्ता उत्पादन उपभोक्तावीच अत्यन्तै लोकप्रिय साबित हुँदै आएका छन्।

टिमुरको स्वादमा उत्पादन गरिएको यो बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ।

नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लागि उपभोग गरिँदै आएको छ। टिमुरको सम्मिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ।

यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ। ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मूल्य ३४० रुपैयाँ र ३३० मि.लि. बोतलको उपभोक्ता मूल्य .१७५ रुपैयाँ कायम गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved