जनकपुरधाम। महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी ३४ बर्सिया श्रीमती रुबी मण्डलको हत्या भएको हो।
महोत्तरीका एसपी दिनेश आचार्य अनुसार राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले बोलाएर घरबाट केही पर लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको मृतकका छोराले बयान दिएका छन्।
बिहान महिलाको हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकको टाउकोसहितको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको जानकारी दिए। एसपी आचार्यले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको बताए। उनले हत्याको कारण र हत्याराको पहिचान खुल्न नसकेको र अनुसन्धान तीव्र पारिएको जनाएको छ।
Facebook Comment
Comment