पुलबाट खसेर साइकलयात्रीको मृत्यु

लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकास्थित भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो।

नेपालभ्युज

नवलपुर। पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकास्थित भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मंगलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए।

कुमालको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved