राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको छ : प्रचण्ड

नेपालभ्युज

राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय शक्ति’का रूपमा स्वीकारिएको बताएका छन्।

भरतपुर महानगरपालिकाले सोमबार चितवनमा आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उनले देशमा राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको दाबी गरे।

उनले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताए। नारायणी नदी तटबन्धन गरेर हजारौं बिघा जमिन संरक्षण गर्न सकिने र यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने भनाइ उनको थियो। एमालेको १० औँ महाधिवेशनलाई लक्षित गर्दै उनले सबैले चितवन रोजेको र चितवनमा केही भएकै कारण चितवन रोजिएको उनले बताएका थिए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूनायोग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताएकी थिइन्।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको धारणा राखे। क्रिकेट रंगशाला सम्पन्न गर्न आवश्यक सहयोगका लागि आफू तयार रहेको उनको भनाइ थियो।


Comment

One thought on “राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको छ : प्रचण्ड

  1. चोरी,ढांट,छल,कल तथा अन्तिममा केही नलाग्ने बल्ड्याङ्रे आफ्ना ती दुई आंखाबाट कुकुरको झोल जो तिमी चुहाउछौ।तिम्लाई ठेगान लगाउने कोही नजन्मिएकै हो त?२०७२ तथा अस्ति भर्खर २०७७/७८ मा ओली एक जना चाहिँ तिम्रा अनेकौं असंवैधानिक हर्कत सामु झुक्न नचाहेकै हुन।देउवा तत बब चाहिँ नराम्रै फसे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved