नेपाल बार र सर्वोच्च बारबीच छलफल हुँदै

बैठकमा दुवै बारका सल्लाहकारहरुको पनि उपस्थिति रहने बताइएको छ।

नेपालभ्युज

नेपाल बार र सर्वोच्च बारबीच छलफल हुँदै

काठमाडौं। सर्वोच्च अदालतमा देखिएको गतिरोधका विषयमा नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत बार एशोसिएशनसँग छलफल गर्दैछ।

नेपाल बार र सर्वोच्च बारको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा दुवै बारका सल्लाहकारहरुको पनि उपस्थिति रहने बताइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले कात्तिक दोस्रो सातादेखि आन्दोलन गरिरहेको छ। बारले आज पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved