नेपाल बन्द गराउने ११ जना पक्राउ

बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट नेकपाका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

नेपाल बन्द गराउने ११ जना पक्राउ
सांकेतिक तस्वीर

तनहुँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्।

आज (मंगलबार) बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट नेकपाका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

दमौलीको ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकरलगायत पक्राउ परेका पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न जिल्ला इञ्चार्ज पूर्णजित पुनले माग गरे। नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved