कांग्रेस महाधिवेशनः सर्लाहीमा तोकिए नयाँ निर्वाचन अधिकृत

निर्वाचन अधिकृत विनोद कार्कीले शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा दिवाकर पाण्डेय तोकिएका छन्।

नेपालभ्युज

कांग्रेस महाधिवेशनः सर्लाहीमा तोकिए नयाँ निर्वाचन अधिकृत

सर्लाही। सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतले राजीनामा दिएपछि उनको स्थानमा नयाँ निर्वाचन अधिकृत तोकिएको छ।

निर्वाचन अधिकृत विनोद कार्कीले शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा दिवाकर पाण्डेय तोकिएका छन्।

नयाँ निर्वाचन अधिकृतले जिम्मेवारी सम्हालेसँगै सर्लाहीमा वडा अधिवेशन आज हुन नसके पनि २/३ दिनभित्रै हुने कांग्रेस निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए।

यसअघि रोकिएका जिल्लाहरुमा सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तगर्गतका वडा अधिवेशन आज शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved