महोत्तरीको ८० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन हुनेः महोत्तरी सभापति राय

महोत्तरीको ८० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन हुनेः महोत्तरी सभापति राय

जनकपुरधाम। नेपाली कांग्रेस महोत्तरीले शनिवार हुने वडा अधिवेशन ८० प्रतिशत सर्वसम्मत चयन हुने बताएको छ। कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले दिएको जानकारी अनुसार महोत्तरी जिल्लाको १३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद रहेको बताए।

विवाद रहेका २० प्रतिशत वडाहरूमा सर्वसम्मत प्रयास गर्ने यदि विवाद यथावत् रहेमा निर्वाचन गरेर भएपनि वडाअधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी रहेको सभापति रायले बताए। उनले अधिवेशनका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गरेको जनाए।

जिल्लाका १३८ वटा वडाहरूमा एक–एक जना शिक्षकलाई परिचालन गरेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ। क्रियाशील सदस्यहरूको विवाद समाधान भएपछि कांग्रेसले १३ वटा जिल्लाहरूमा नयाँ अधिवेशनको कार्यातालिका सार्वजनिक गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved