धनुषामा युवकको शव फेला, आरोपित पक्राउ

धनुषामा युवकको शव फेला, आरोपित पक्राउ
सांकेतिक तस्वीर

जनकपुरधाम। धनुषामा बुधबार विहान एक युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ मा शव फेला परेको हो।

उक्त शव लक्ष्मीनियाँ गाँउपालिकाको सपही निकालका १८ वर्षीय राजु यादवको रहेको प्रहरीले जनाएको छ। मृतक यादव टिपरमा कामदारको रुपमा कार्यरत रहेका थिए।

टिपर धनी तथा चालकले यादवलाई करेन्ट लागेर मृत्यु भएको बताएका छन्। तर मृतकका भाई झगरु यादव भाइ भने टिपरले किचेर हत्या गरेको आरोप लगाउँछन्।

घटनाबारे अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

धनुषा प्रहरीले हत्या आरोपमा टिपर चालक नगेन्द्र यादवलाई पक्राउ गरेको छ भने अर्का चालक दिलिप यादव फरार रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले घटना स्थलको प्रकृति मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घटना बारे अनुसन्धान शुरु गरिएको जानकारी दिए।


Comment

One thought on “धनुषामा युवकको शव फेला, आरोपित पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved