कैलालीको चिसापानी चौकीमा तोडफोड

नेपालभ्युज

कैलालीको चिसापानी चौकीमा तोडफोड

कैलाली। कैलालीको चिसापानी प्रहरी चौकीमा स्थानीयले तोडफोड गरेका छन्। लम्कीचुहा नगरपालिका ३ स्थित गोरुङ्गे ब्यारेकका मेजर अशोक शाहीलाई सुरक्षा दिएको भन्दै आक्रोशित भिडले प्रहरी चौकीको झ्याल, ढोका र सीसीटीभी क्यामेरा तोडफोड गरेको प्रहरी चौकका प्रहरी निरीक्षक पुष्कर पन्तले नेपाल भ्यूजलाई जानकारी दिए।

मेजर शाहीले चिसापानीमा गएराति मादक पदार्थ सेवन गरी स्थानीयलाई गालीगलौज गरेका थिए। गालीगलौज गरेपछि स्थानीयहरूले उनीमाथि कुटपिट गरे।

कुटपिटपछि गम्भीर घाइते सिंहलाई प्रहरीले सुरक्षाका लागि नियन्त्रणमा लिएकोमा आक्रोशित भिडले प्रहरी चौकीमा आक्रमण गरेको प्रहरी निरीक्षक पन्तले बताए। ‘‘शाहीको टाउकोमा चोट लागेको छ, अन्य मानवीय दुर्घटना त्यस्तो केही भएको छैन’’ प्रहरी निरीक्षक पन्तले भने, ‘‘क्षति यति नै भयो भन्ने यकिन विवरण आइसकेको छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved