रक्सी खाएर श्रीमतीमाथि लाठी प्रहार, घटनास्थलमै मृत्यु

रक्सी खाएर श्रीमतीमाथि लाठी प्रहार, घटनास्थलमै मृत्यु

दाङ । श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएका र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ।

उनी थापाका कान्छी श्रीमती हुन्। हत्या आरोपित थापा भने फरार रहेका र खोजी थालिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved