दरबार स्क्वायरमा नेपाल संवत् ११४२ को रौनक (फोटो फिचर)

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। सोही क्रममा काठमाडौंका नेवार समुदायले आज काठमाडौं दरबार स्क्वायरमा र्याली निकालेका छन्।

दरबार स्क्वायरमा नेपाल संवत् ११४२ को रौनक (फोटो फिचर)

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज (शुक्रबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। सोही क्रममा काठमाडौंका नेवार समुदायले आज काठमाडौं दरबार स्क्वायरमा र्याली निकालेका छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मनाउने गरिन्छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved