‘१० नेता’लाई नेपालको आह्वानः पीडा सहेर किन बसेको ? फर्केर आउनुस्

नेपालले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरुलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताए।

नेपालभ्युज

‘१० नेता’लाई नेपालको आह्वानः पीडा सहेर किन बसेको ? फर्केर आउनुस्

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेमै रहेका १० नेतासहितका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा बोलाएका छन्।

पार्टीको मध्यपुरथिमि नगर कमिटीले बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरुलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताए।

“एमालेमा बसेर पछुताइरहनुभएको, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ”, नेपालले भने, ‘‘त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको? एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन। आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।”

अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहंकार अब धेरै दिन नटिक्ने बताए। उनले भने, “देशरूव्यापीरुपमा आफ्नो पार्टीमा आउनेको लहर बढेको छ। निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ।”

नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन्। उनले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरे।

अध्यक्ष नेपालले संघीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भने, “कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्शन हुँदैन। छिट्टै चुनाव हुनेवाला छैन, संघीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ। आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ। अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ। रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved