महोत्तरीमा जेठाजुको कुटपिटबाट गम्भीर घाइते

नेपालभ्युज

महोत्तरीमा जेठाजुको कुटपिटबाट गम्भीर घाइते

जनकपुरधाम। महोत्तरीमा घरायसी विवादमा एक महिलामाथि जेठाजुले निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएकी छिन्।

महोत्तरीको सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई उनका जेठाजु जोगेन्द्र यादवले निर्घात कुटपिट गरेको हुन्।

स्थानीका अनुसार घरायसी विवादका कारण शनिबार राति सीमामाथि कुटपिट हुँदा उनी गम्भीर घाइते भएकी छन्।

उनलाई उपचारको लागि जनकपुरस्थित बौधीमाइ अस्पतालमा भर्ना गरिएको छ। कुटपिटपछि जेठाजु फरार रहेको र उनको खोजीकार्य गरिहेको प्रहरीले जनाएको छ।

सीमाका श्रीमान् मनोज यादव करीब २ वर्ष देखि वैदेशिक रोजगारमा रहेका छन्।

पछिल्लो १५ दिनमा महोत्तरीमा ३ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरी मलमूत्र खुवाइएकोमा एकको हत्यासम्म गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved