घरेलु मैदानमा सिटी स्तब्ध, लिभरपुल पनि रोकियो

नेपालभ्युज

घरेलु मैदानमा सिटी स्तब्ध, लिभरपुल पनि रोकियो

काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले दोस्रो पराजय भोगेको छ। आज राति घरेलु मैदानमै सिटीले क्रिस्टल प्यालेससँग २-० को हार बेहोरेको हो। पहिलो हाफको अन्त्यतिर सिटीका डिफेन्डर एमरिक लोपार्टे रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको सिटीले दोस्रो हाफको अन्त्यतिर थप एक गोल खान पुग्यो। हारसँगै शीर्ष सिटीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।

त्यस्तै न्यु क्यासल युनाइटेडलाई पराजित गर्दै चेल्सीले लिगको शीर्ष स्थानमा बलियो अंक बनाएको छ।

आज राति सकिएको खेलमा चेल्सीले न्यु क्यासललाई उसकै मैदानमा ३-० गोलअन्तरले हरायो। चेल्सीले तीनै गोल दोस्रो हाफमा गर्न सफल भएको हो।

उसका लागि रिस जेम्सले दुई गोल गरे भने जोर्गिन्होले ८१ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। योसँगै चेल्सीले १० खेलबाट ८ जितसहित २५ अंक बनाएको छ।

आजै राति भएको अर्को खेलमा लिभरपुलले भने ब्राइटनसँग २-२ को बराबरी खेलेको छ। पहिलो हाफमा २ गोलको अग्रता बनाए पनि लिभरपुलले पछि २ गोल खान पुग्यो।

खेलको चौथो मिनेटमै जोर्डन हेन्डरसनले गोल गरी लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै साडियो मानेले २४ मिनेटमा थप एक गोल गरेका थिए।

तर खेलको ४१ मिनेटमा ब्राइटनले गोल फर्कायो। उसका लागि उसका लागि इनक मेपुले पहिलो गोल गरे। त्यस्तै लेन्ड्रो टोसार्डले थप एक गोल गर्दा ब्राइटल लिभरपुलसँग अंक खोस्न सफल भयो। बराबरीसँग लिभरपुल लिगको दोस्रो स्थानमा यथावत् छ। उसले १० खेलपछि ६ जित र चार बराबरी गरी २२ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved