काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छन्। बडादशैंको नवौं दिन उनले शीतल निवासमा नौ जना कन्याको पूजा गरेकी हुन्।
वैदिक सनातन हिन्दू धर्मशास्त्र अनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ दिन कात्यानी, सातौ दिन कालरात्री, आठौं दिन महागौरी र नवौंदिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।
विजयादशमीको पहिलो दिन अर्थात् घटस्थापनामा एक वर्षकी कन्या र त्यसपछि हरेक दिन क्रमशः २, ३, ४, ५, ६, ७, ८ र ९ औं दिन नौं वर्षकी कन्याको पूजा गर्ने चलन छ। सोही बमोजिम राष्ट्रपति भण्डारीले बिहीबार एकै दिन नौ जना कन्यालाई नवदुर्गाको प्रतीक मानेर पुजा गरेकी हुन्।