चितवनले उपाधि उचाल्दाका दृश्य (फोटो फिचर)

चितवनले उपाधि उचाल्दाका दृश्य (फोटो फिचर)

काठमाडौं। चितवन टाइगर्सका स्पिनर सागर ढकाल एभरेस्ट प्रिमियर लिग (आइपिएल) को चौथो संस्करणको प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी बनेका छन्। आफ्नो टिमलाई उपाधि दिलाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सागर ढकालले कुल १४ विकेट लिएका थिए। उनले उत्कृष्ट खेलाडीको उपाधिसँगै २ सय सिसीको मोटरसाइकल समेत पाए।

प्रतियोगिताको व्यक्तिगत उपाधिमा पनि चितवनका खेलाडीको क्लिन स्विपनै रह्यो। चितवनकै ब्याट्सम्यान भीम सार्कीले ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ (उदयमान खेलाडी) को उपाधि जिते।

यस्तै चितवनका बलर कमलसिंह ऐरीले ‘डेयर टु ड्रिम’ को उपाधि हात पारे। फाइनल खेलको ‘म्यान अफ दी म्याच’को उपाधि पनि कमलले नै हात पारेका छन्। फाइनलमा चितवनको जितमा कमलले मात्र २० रन खर्चिएर ४ विकेट लिएका थिए।

चितवनले शनिवार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। पहिलो पटकको विजेता चितवनले ५० लाख पाएको छ। उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved