न्याय खोज्न नेपालगञ्जबाट हिँडेरै काठमाडौं आए, प्रहरीले माइतीघरबाट पक्राउ गर्‍यो (फोटो फिचर)

खाना खाइरहेका उनीहरूलाई प्रहरीले माइतीघरबाटै पक्राउ गर्‍यो। निषेधित क्षेत्रमा बसेको आरोप प्रहरीले उनीहरूमाथि लगाएको छ।

न्याय खोज्न नेपालगञ्जबाट हिँडेरै काठमाडौं आए, प्रहरीले माइतीघरबाट पक्राउ गर्‍यो (फोटो फिचर)

काठमाडौं। मध्यपश्चिम बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगन्जबाट काठमाडौं आए, त्यो पनि हिँडेरै।

गत ५ साउनमा बाँकेकी नकुन्नी धोबी आफ्नै घरभित्र मृत फेला परिन् । यो बीचमा उनीहरूले उनको हत्या भएको भन्दै छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरी, प्रशासन र न्यायालयको ढोका ढक्ढकाए। आँखामा पट्टी बाँधेको न्यायालयले उनीहरूको आवाज सुनेन। अनि उनीहरू हिँड्दै न्यायका लागि राजधानी काठमाडौं आए।

२० दिनको लगातार हिँडाइपछि बुधबार साँझ काठमाडौँ आइपुगेका उनीहरु माइतीघरमा धर्ना दिन थाले। शुक्रबार पनि धर्नालाई निरन्तरता दिए। थकित शरीर र सुन्निएका गोडा लिएर माइतीघरको चर्को घाममा न्यायका लागि धर्ना बसिरहेको यो टोलीलाई प्रहरीले दिउँसैदेखि हटाउन बल प्रयोग गरिरहेको थियो।

साँझ माइतीघरमै बसेर खाना खान मात्रै के थालेका थिए उनीहरूलाई प्रहरीले पक्राउ गर्‍यो। निषेधित क्षेत्रमा बसेको आरोप प्रहरीले उनीहरूमाथि लगाएको छ।

न्याय माग्न आएकाहरूप्रतिनै  राज्यले निर्मम दमन गर्दै पक्राउ गर्नु निन्दनीय भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

सरकार नै पीडितको आवाज रोक्न जघन्य अपराध तथा क्रूरतापूर्वक भएका हत्यालाई दबाउन लागि परेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।

तस्वीर: गोपेन राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved