पूर्ण खोप लगाउने ८२ प्रतिशतमा एन्टीबडी

नेपालभ्युज

पूर्ण खोप लगाउने ८२ प्रतिशतमा एन्टीबडी

काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिहरुमा एन्टीबडी स्तरको अध्ययनको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार पहिलो र दोस्रो दुवै डोज खोप लगाएका ८२ प्रतिशतमा एन्टीबडी देखिएको छ।

पहिलो डोज मात्र खोप लगाउनेमा भने ५५.८ प्रतिशतमा एन्टीबडी विकसित भएको पाइएको छ।

परिषद्ले १ हजार ७९६ जनाको परीक्षण गरी अध्ययन गरेको थियो। सहभागीमध्ये ८१ प्रतिशतले  खोप लगाएका थिए। अध्ययनमा ५१.८ प्रतिशत पुरुष र ४८.१ महिला सहभागी थिए। जसमध्ये ८५.२ प्रतिशतले कोभिसिल्ड र १४.५ प्रतिशतले भेरोसेल खोप लगाएका थिए।

अध्ययनअनुसार सहभागीमध्ये १५.४ प्रतिशतमा कोभिड संक्रमण भेटिएको छ। यस्तै ३७.२ प्रतिशतमा दीर्घरोग देखिएकोमा जसमध्ये ६६.६ प्रतिशतलाई उच्च रक्तचाप रोगको समस्या देखिएको छ।

२०७८ जेठ १७ देखि २०७८ असार २५ सम्ममा काठमाडौं उपत्यकाबाट रगतको नमूना संकलन गरी उक्त खोप लगाएका र नलगाएका व्यक्तिको एन्टीबडी स्तर मूल्यांकन गर्न उक्त अध्ययन गरिएको थियो। अध्ययनले नेपालमा कोभिड निको भएका र खोप लगाएका अधिकांशमा कोभिडविरुद्धको एन्टीबडी विकास भएको देखाएको परिषद्का कार्यकारी प्रमुख प्रदिप ज्ञवालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved