गोदावरीमा एमाले विधान महाधिवेशन (फोटो फिचर)

राजनीतिक प्रतिवेदन, संठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमा छलफल हुनेछ। तीन ओटै प्रस्तावहरूमा घनिभूत छलफल गर्दै पारित गर्नु विधान महाधिवेशन उद्देश्य हो। एमालेले पहिलोपटक विधान महाधिवेशन गर्न लागेको हो।

गोदावरीमा एमाले विधान महाधिवेशन (फोटो फिचर)

काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा एमालेले विधान महाधिवेशनमा सहभागीहरु जम्मा भइरहेका छन्।

विधान महाधिवेशनका लागि उसले भव्य तयारी गरेको छ। केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा मुख्यतः तीन ओटा दस्तावेजमाथि छलफल हुँदैछ।

राजनीतिक प्रतिवेदन, संठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमा छलफल हुनेछ। तीन ओटै प्रस्तावहरूमा घनिभूत छलफल गर्दै पारित गर्नु विधान महाधिवेशन उद्देश्य हो। एमालेले पहिलोपटक विधान महाधिवेशन गर्न लागेको हो।

महाधिवेशनमा तीन ओटा प्रतिवेदनका साथै पछिल्लो समय विकसित घटनाक्रमलगायतका विषयमा समीक्षा हुने प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्।

खास गरेर सर्वोच्च अदालतले संसद् विघटन खारेज गरेको विषय, संसद् विघटनबारे सर्वोच्चको फैसला र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने खारेज गर्ने सरकारको नियतका विषयमा छलफल हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved