यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी (फोटो फिचर)

शुक्रबार मध्यान्नदेखि हुने विधान महाधिवेशनका लागि तयारी तीव्र पारिएको छ।

यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी (फोटो फिचर)
काठमाडौँ। नेकपा (एमाले)को विधान महाधिवेशनका लागि तयारी पूरा भएको छ। शुक्रबार मध्यान्नदेखि हुने विधान महाधिवेशनका लागि तयारी तीव्र पारिएको छ। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।  सिट प्लानिङको काम जारी छ।
सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको  छ। तीन वटै प्रस्तावहरूमा घनिभूत छलफल गर्दै पारित गर्नु विधान महाधिवेशन उद्देश्य हो। विधान अधिवेशनमा यो एमालेको नौलो प्रयोग हो।
नेकपा एमालेले यसअघि पार्टीको नेतृत्व चयन गर्ने महाधिवेशनमै यी विषयमा छलफल गर्दै आएको थियो। महाधिवेशनमा तीन वटा प्रतिवेदनका साथै पछिल्लो समय विकसित घटनाक्रम लगायतका विषयमा समीक्षा हुने प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्।
खास गरेर सर्वोच्च अदालतले संसद विघटन खारेज गरेको विषय, संसद विघटनबारे सर्वोच्चको फैसला र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने खारेज गर्ने सरकारको नियतका विषयमा छलफल हुने उनले बताए।

हेरौँ विधान महाधिवेशन तयारीका केही झलकहरू । तस्वीर– गोपेन राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved