सडकको बीचमा ज्यानमारा ढल (हेर्नुहोस् तस्वीर)

सडकको बीचमा ज्यानमारा ढल (हेर्नुहोस् तस्वीर)

काठमाडौं। देशको संघीय राजधानी रहेको काठमाडौंमा भौतिक निर्माणका कार्य त निरन्तर हुने नै भयो। तर, विभिन्न निकायको समन्वय अभावमा अथवा असवाधानवस गरिने निर्माण कार्यले ठूलो दुर्घटनाको जोखिम पनि उत्तिकै छ। जसमध्ये पछिल्लो समय ढल व्यवस्थापन सबैभन्दा ठूलो समस्या बन्न पुगेको छ।

हरेक वर्ष सामान्यभन्दा बढी अथवा सडकमा भल बग्ने गरी पानी परेसँगै राजधानीका विभिन्न स्थानमा ढलमा परेर बालबालिका तथा युवाले पनि ज्यान गुमाउने गरेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकामा ४८ जना व्यक्ति सडकबीचका खाल्डोमा परेका छन् ।

तीमध्ये १४ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका प्रहरीको तथ्यांकले देखाउँछ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तार, ह्युमपाइन, खानेपानी पाइपलगायत व्यवस्थित गर्न खाल्डा खनेपछि त्यसलाई समयमै नपुर्दा यस्ता दुर्घटना हुने गरेका छन्।

काठमाडौंका चाबहिल, कपन, गौशाला, सुन्धारा, रत्नपार्क, नख्खु, जावलाखेल, भैँसेपाटी, बल्खु, नयाँ बसपार्क, नयाँ बानेश्वर, कोटेश्वर, तीनकुने, सिनामंगल, कलंकी, नारायणथान, चुच्चेपाटी, भक्तपुरको सल्लाघारी, सूर्यविनायक, जगातीलगायत क्षेत्रमा ढल पाइप व्यवस्थित गर्ने क्रममा सावधानी नअपनाउँदा सर्वसाधारण खाल्डोमा खसेका प्रहरीको तथ्यांकले देखाउँछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved