एमसीसी विरोध : दुई दर्जन बढी प्रदर्शनकारी पक्राउ (फोटो फिचर)

एमसीसी विरोध : दुई दर्जन बढी प्रदर्शनकारी पक्राउ (फोटो फिचर)

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध शनिबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

विभिन्न संस्थाको अगुवाइमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो। उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका थिए।

‘प्रदर्शनकारीले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी सम्झौता खारेज गर’लगायत नारा लगाएका थिए।

प्रदर्शनका क्रममा नयाँबानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप भएको गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शकारीबीच पटक पटक झडप भएको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीले प्रदर्शनका उत्रेका दुई दर्जन बढीलाई नियन्त्रणमा लिएको थियो। एमसीसीविरुद्ध काठमाडौंमा पछिल्लो समय निरन्तर विरोध हुँदै आएको छ। एमसीसी उपाध्यक्ष फतेमा सुमारको नेपाल आगमनपछि यसविरुद्ध झनै नाराबाजी चर्किन थालेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved