संसद् भवनअगाडि सभामुखको विरोध (फोटोफिचर)

संसद् भवनअगाडि सभामुखको विरोध  (फोटोफिचर)

काठमाडौं। सभामुख अग्नि सापकोटाको विरोधमा नेकपा (एमाले)निकट युवा संघले नयाँबानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गरेको छ।

युवा संघका कार्यकर्ताले कालो रङको बेलुन उडाएर प्रतीकात्मका विरोध गरेका हुन्। सोही ठाउँमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पटक पटक स्थगित गरिरहेको छ।

एमालेले पार्टी फुटाएर जाने आफ्ना १४ जना सांसदलाई कारबाहीको पत्र संसदमा नटाँसेको भन्दै एमाले आज संसद् अवरुद्ध पारिरहेको छ। भित्र माउ पार्टीले संसद बैठक चल्न नदिँदा त्यसको भ्रातृ संगठनले बाहिर पनि सभामुखविरुद्ध नाराबाजीसँग प्रदर्शन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved