कुशे औँसी

कोरोना जोखिमका बीच गोकर्णेश्वरमा भीड (फोटो फिचर)

कोरोना जोखिमका बीच गोकर्णेश्वरमा भीड (फोटो फिचर)

काठमाडौं। आज कुशे औँसी अर्थात् पिताको मुख हेर्ने दिन। आजको दिन छोराछोरीहरुको आफ्ना पितालाई विभिन्न परिकार, मिष्ठान्न भोजन गराउँदै आशिर्वाद लिने चलन छ।

पिता नहुनेहरुले आजको दिन गोकर्णेश्वर महादेव मन्दिर पुगेर दिवंगत पिताको नाममा पिण्डदान तथा सिदादान गर्ने गर्दछन्।

गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष कुशे औँसीका दिन विशेष मेला लाग्दै आएको छ। यसवर्ष कोरोना महामारीका बीचमा पनि मन्दिरमा भक्तजनहरुको भीड लागेको छ।

नेपालको उत्तरगया भनेर चिनिने गोकर्णेश्वरमा महामारीका बीचमा पनि सिदादान तथा पिण्डदान गर्नेहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ। मुख्य मन्दिर क्षेत्र बन्द रहे पनि उपस्थिति अत्यधिक रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved