पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

नेपालभ्युज

पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध
फाइल तस्वीर

सिन्धुपाल्चोक। अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।

मेलम्ची-१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

सिन्धुखोलामा विद्युतको पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved