कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आजै सभापतिलाई बुझाउने

नेपालभ्युज

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आजै सभापतिलाई बुझाउने

काठमाडाैं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानबारेको प्रतिवेदन आज पार्टी सुभापति शेरबहादुर देउवालाई बुझाउँदै छ।

केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न नेताहरू कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिएको थियो। तीनै नेताहरूले पछिल्ला केही दिन सभापति र वरिष्ठ नेतासहित अन्य शीर्ष नेतासँग छलफल गरी प्रतिवेदन तयार पारेका हुन्।

आइतबार साँझ अबेरसम्म पनि प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताहरूको बैठक बसेको थियो। बैठकले प्रतिवेदन तयार पारिसकेको नेता लेखकले बताए। आज साँझतिर प्रधानमन्त्री एवं काग्रेस सभापति देउवाको समयअनुसार उक्त प्रतिवेदन बुझाउने तयारी रहेको नेता लेखकले बताए।

प्रतिवेदनबारे वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला,अर्जुननरसिंह केसीलगायतले आज छलफल गरेका छन्। बत्तीसपुतलीस्थित एक होटलमा आजै बिहानबाटै वरिष्ठ नेता, महामन्त्रीसहित बैठक बसिरहेको छ। साथै उक्त बैठकमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास पनि गरेको बैठकपछि नेता केसीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved