दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै

नेपालभ्युज

दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं। आज बुधबार दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज विधि पूर्वक चन्द्रघण्टादेवीको पूजा हुँदैछ । काठमाण्डौका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरमा दर्शनार्थीहरुको भीड लागेको छ ।

काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड छ ।

नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved